दीपिका पादुकोण नम्बर १ मा रहन सफल

काठमाडाैं । विश्व प्रसिद्ध अभिनेत्री दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनय कौशलका कारण दर्शकहरूको मन जित्न सफल छिन् । उनी सन् २००७ मा पहिलो फिल्म ‘ओम शान्ति ओम’बाटै दर्शकको मन जित्न सफल बनेकी हुन् । आज बलिवुडमा उनको यात्रा १५ वर्ष पुगिसकेको छ । आज पनि उनी उत्तिकै दर्शकहरूमाझ लोकप्रिय छिन् ।

हालै एक लोकप्रिय संस्थाले गरेको सर्भेक्षणमा भारतीय अभिनेत्रीहरूमध्ये दीपिका पादुकोण नम्बर १ मा रहन सफल भएकी छन् । उक्त सर्भेक्षणले लोकप्रियताका आधारमा बलिवुडका अभिनेत्रीहरूमध्ये दीपिका नम्बर १ मा रहन सफल देखिएको हो ।

सर्भेक्षणको नतिजाअनुसार दोस्रो नम्बरमा क्याटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौ नम्बरमा कंगना रानावत छिन् । आफ्नो पछिल्लो फिल्म ‘गहिराई’ मा बहुप्रतिभाशाली सुपरस्टार दीपिकाले अलिशाका रूपमा दर्शकहरूमाझ गहिरो छाप छोड्न सफल बनेकी छन् । उनको उक्त फिल्म सिधै डिजिटल प्लेटफर्ममा रिलिज गरिएको थियो ।

नम्बर १ नायिका धेरै फिल्ममा अनुबन्ध भइसकेकी छन् । उनी साहरुख खानको ‘पठान’देखि ऋतिक रोशनको फिल्म ‘फाइटर’सम्ममा देखिदैछिन् । उक्त सबै फिल्ममार्फत उनी दर्शकमा नयाँ छाप छोड्न सफल हुने अनुमान गरिएको छ । दीपिका र ऋतिक पहिलोपटक जोडीका रूपमा अनस्क्रिन देखा पर्न लागेका हुन् । उनीहरूको जोडीलाई लिएर फ्यानहरू धेरै उत्साहित पनि छन् ।

दीपिका नाग आश्विनको एक प्रोजेक्टमा पनि हुनेछिन् । जसको अस्थायी नाम ‘प्रोजेक्टको’ राखिएको छ । जसमा उनी दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता प्रभाससँग सँगै देखिनेछन् । त्यसबाहेक दीपिका अमिताभ बच्चनसँग ‘द इन्टर्न’को रिमेकमा पनि देखिनेछिन् ।

दीपिका हलिवुडको अर्को एक प्रोजेक्ट पनि गर्नेछिन् । उक्त प्रोजेक्ट पनि पाइपलाइनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । यद्यपि, हलिवुड प्रोजेक्टको बारेमा भने दीपिकाले धेरै केही खुलासा गरेकी छैनन् ।

प्रतिक्रिया