पाँचथर फोनिजका दुई पत्रकार पुरस्कृत

पाँचथर । पाँचथर फोनिजका दुई पत्रकार पुरस्कृत भएका छन् । शुक्रबार दुई पत्रकारलाई एक नम्बर प्रदेशका आथिर्क मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले नगद र प्रमाणपत्र प्रदान गरेका हुन् । पाँचथर एफएमका सञ्चालक कविन्द्र शेर्मा ५० हजार र महिला पत्रकार सुनिता खजुम ५ हजार रुपैयाँ र प्रमाणपत्रले सम्मानित भएका हुन् ।

उक्त आयोजना नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पाँचथर ले गरेको हो । पुरस्कार समारोहमा, फिदिम नगरपालिका उपमेयर राधाकृष्ण न्यौपाने, सिडिओ सुरेश न्यौपाने, फालेलुङ पालिका उपाध्यक्ष, महेन्द्र जबेगू , सुरक्षा अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया