विकल्पलाई शक्ति पुरस्कार

बागलुङ । नेपाली साहित्यका क्षेत्रमा योगदान दिएको भन्दै पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’ पुरस्कृत हुने भएका छन् । उनलाई रणस्मृति पुरस्कार संस्था बागलुङले २०७८ सालको ‘शक्ति पुरस्कार’ प्रदान गर्न लागिएको हो । पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको संस्थाका अध्यक्ष काजी रोशनले जानकारी दिए । आठ हजार राशिसहितको उक्त पुरस्कार आगामी ३ भदौ कृष्णाष्टमीका दिन प्रदान गर्ने सो संस्थाले जनाएको छ । नेपाली भाषा, साहित्यको उन्नयनमा पु¥याएको योगदानबापत साहित्यकार विकल्पलाई पुरस्कृत गर्न लागिएको हो ।

पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष विकल्पका कविता संग्रह ‘सम्झनाका डोबहरू’, मुक्तक संग्रह ‘भुल्काहरू’, लघुकथा संग्रह ‘सर्वदलीय घर’ लगायत करिब एक दर्जन कृति प्रकाशित छन् । उनले साहित्यिक पत्रिका ‘कालीको सुसेली’ को सम्पादन पनि गर्दै आएको छन् । यसअघि सो पुरस्कारबाट पोखरेली साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसकेको छन् ।

विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा उक्त पुरस्कार संस्था स्थापना गरेका थिए । संस्थाले विसं २०७४ देखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो ।

प्रतिक्रिया