एमाले एक्लै चुनाव लड्छ : नेम्वाङ

पाँचथर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी हुने संघीय र प्रदेशको चुनावमा एमाले एक्लै लड्ने बताएका छन् । मंगलबार पत्रकार भेटघाटमा उनले उक्त बिचार राखेका हुन् ।

नेम्वाङले बिचार नमिल्ने दल वा समूहसँग गठबन्धन र तालमेल नगर्ने बताए । उनी पुख्र्यौली जिल्ला फिदिममा पार्टी प्रशिक्षणको क्रममा आएका हुन् ।

नेम्वाङले भने, ‘एमालेविरुद्ध सत्तारुढ दलहरुले गठबन्धन गरेका छन्, उनीहरु विरुद्ध एमाले एक्लै चुनाव लड्न तयार छ ।’ नेम्वाङले वर्तमान गठबन्धन सरकारलाई दुषित गठबन्धन रहेको संज्ञा दिए ।

प्रतिक्रिया