यस्तो छ निरा र सलिनाको ‘संगिनी’

काठमाडौं । गायिका निरा छन्त्याल र सलिना नेपालीले आउँदै गरेको हरितालीका तिजको छेको पारेर ‘संगिनी’ नामक गीत ल्याएका छन् ।

निरा छन्त्यालको युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतमा प्रकाश पराजुलीको शब्द रचना र संगीत रहेको छ भने निरा र सलिनाको युगल आवाजले सजिएको छ । विश्वास नेपालले गीतमा संगीत संयोजन गरेका हुन् ।

त्यस्तै, काजिश श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियोमा गायिकाद्वय निरा र सलिना आफूहरुले नै नृत्य गरेका छन् । तयसैगरी अजय रेग्मीले छायांकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

गीतमा महिला तथा दिदीबहिनी एवं साथीसंगीको प्रसंगका शब्द प्रस्तुत गरिएको गायिका सलिनाले बताइन् ।

https://youtube.com/watch?v=73aL0nDK5aA

प्रतिक्रिया