हरवाचरवाको सवाल राजनीतिक दलको मुख्य एजेण्डा बन्नु पर्छः मन्त्री महतो

जनकपुर । मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा बन मन्त्री सत्रुघन महतोले अझैँ पनि कृषि बँधुवाको रुपमा काम गरिरहेका हरवाचरवाको सवाल राजनीतिकदलहरुको मुख्य एजेण्डा बन्नुपर्नेमा जोड दिएका छन् । गत २०७९ श्रावण २ गतेका दिन २२ औं कमैया मुक्तिदिवशको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले एक बिशेष कार्यक्रमको आयोजना गरी हरवाचरवामुक्ति घोषणा गरेका थिए । सोही सन्दर्भमा राष्ट्रिय दलित नेटवर्क र राष्ट्रिय हरवाचरवा अधिकार मंचको संयुक्त आयोजनामा २०७९ श्रावण २३ देखि २४ सम्मसंचालन गरिने जिल्ला हरवाचरवा अधिकार मंचका पदाधिकारीहरु र एक्टिभिष्टहरुकालागि नेतृृत्व बिकास र जन वकालतशिप सम्बन्धी दुई दिने तालिमको उद्घाटन गर्दै मन्त्री महतोले साे कुरा बताएका हुन् । साथै उनले हरवाचरवाको समग्र सामाजिक र आर्थिक बिकासकालागि मधेस प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकमा बिशेष प्रस्ताव राख्नकालागि आफुले पहल कदमी लिनमा आफुले कुनै कन्जुस्याई नगर्ने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि, राष्ट्रिय दलित नेटवर्कका केन्दीय अध्यक्ष एवं संघीय सरकार भूमिब्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयद्धारा गठित हरवाचरवा, मुक्तहलिया, कमैया र कमलरीको बस्तुस्थितिअध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले मुलुकमा अहिले संघीयता र समावेशीबिकासको अभ्यास थालनीभईरहेको परिपेक्षमा अझैँ सम्म पनि शोषणमूलक कु-प्रथाको रुपमा रहेको कृषी बधुवा प्रणालीको अन्त्यन नहुनु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकालागि लाजमर्दो भएको बताए । साथै उनले राज्यको संरचनात्मक रुपान्तरणको माध्यमबाट हरवाचरवाको सामाजिक, आर्थिक सशक्तिकरण मार्फत उनीहरुको मर्यादितजीवनसुनिश्चित गराउने पहिलो दायित्व राज्यको नै रहेको जिकीर गरे ।

कार्यक्रमको उदघाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का महोत्तरी जिल्लाअध्यक्ष कौशीलाल यादब, द फ्रिडम फण्डका नेपालकार्यक्रम सल्लाहकार जियमश्रेष्ठ, जनवकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालाराम भट्टराई, राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रीय महासचिव लागिन्द्र सदा, दलित समाजउत्थान समिति नेपालकाकार्यकारी निर्देशक सुनिल ठाकुरले शुभकामना मन्तब्य राखेका थिए ।

राष्ट्रिय हरवाचरवाअधिकार मंचका केन्दीय उपाध्यक्ष प्रसाद सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीले सहभागिहरुलाई स्वागगत गर्दै कार्यक्रमको महत्व र औचियत्तामाथी प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन राष्ट्रिय दलित नेटवर्कका रुपनारायण पासवानले गरेका थिए ।

उक्त तालिममा मधेस प्रदेशका ८ वटै जिल्लामा गठन भएका जिल्ला हरवाचरवा अधिकार मंचकापदाधिकारीहरु र हरवाचरवा एक्टिभिष्टहरु गरी ४० जनाको सहभागिता रहेको छ । सो तालिममा बर्तमान परिवर्तित सन्दर्भसंगै जनवकालतसिप, नेतृत्व बिकास, मानव अधिकारमुखी बिकास पद्धती, मुक्त हरवाचरवाको पुनस्र्थापनाको प्याकेज, सरोकारवाला बिश्लेषण सम्बन्धी छलफल भई हरवाचरवाको पुनस्र्थापनाको अभियानमा सहयोग पुग्ने ६ महिने कार्ययोजना समेत निर्माण गरिनेछ । सो तालिमको सहजीकरण राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्मा, द फ्रिडम फण्डका नेपाल कार्यक्रम सल्लाहकार जियमश्रेष्ठ, जनवकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालाराम भट्टराइ रकार्यक्रम सल्लाहकार ब्रम्हदेव रामले सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया