सिर्दाथ बैकको नाफा ३ अर्ब

काठमाडौ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी र २१ अर्ब ९१ करोड रुपैयाँ इक्विटी रहेको यस बैंकले आफ्ना शेयरधनीहरूलाई २५.७१ प्रति शेयर आम्दानी दिनसफल भएको पनि जनाएको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २ अर्ब ९० करोड रुपैयाँ नेपाल सरकारको राजस्वमा योगदान पु¥याएको बताएको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ सम्ममा १ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८६ अर्ब कर्जा प्रवाह गरेको छ ।

यस्तै आर्थिक वर्षमा मा लाख ५० हजारभन्दा बढी नयाँ ग्राहकहरू बैंकिङ सेवामा आबद्ध गरी कुल १४ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले ६ लाख ५० हजारभन्दा बढी ग्राहकलाई मोबाईल बैंकिङ सेवा, ५ लाख ४५ हजारभन्दा बढी ग्राहकलाई डेबिट कार्ड सेवा र ३० हजारभन्दा बढी ग्राहकहरूलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवा पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १ सय ९० शाखा, १ सय १७ शाखारहित बैंकिङ सेवा, १ हजार ७ सयभन्दा बढी पिओएस मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्टमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया