जन्मदिनमा गुराँस लाइफको जीवन बिमा

काठमाडौं । छोरीको जन्मदिनको अवसरमा कैलालीको भौनी देवी चौधरीले जीवन बिमा गराएकी छिन । गोदावरी नगरपालिका १ बस्ने भौनीले छोरी रिनाको गुराँस लाइफ इन्स्योरेन्स्को अत्तरीय शाखामा १० लाख रुपैयाँको गुराँस जीवन सावधिक तथा आजीवन बिमा गराएको पनि विज्ञप्तिमा उल्लेख छ । फजुल खर्च गर्नुभन्दा पनि छोरीको वचत तथा सुरक्षाको दृष्टिकोणले जीवन बिमा गराएको चौधरीले बताएकी छिन । इन्स्योरेन्सको अत्तरीय शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिदै आउने दिनहरुमा पनि बचत हुदै जाने अपेक्षा गरेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया