रन शुजले ल्यायो नयाँ मोडलका जुत्ताहरु

काठमाडौं । उपभोक्ताहरुको चाहना विक्रेताको भावना तथा बदलिदो फेसनलाई मध्यनजर गर्दै नजिकै आउँदै गरेको चाडपर्वहरुलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिज प्रालिले ‘नेपाली मन जुत्तामा रन’ भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । विशेषत पछिल्लो समयमा लेडिज स्पोर्टस् शुज नेपाली ब्राण्डमा कमैमात्र बजारमा पाइने अवस्थामा महिला र पुरुष दुबै वर्गको लागि जुत्ताहरु बजारमा ल्याएको छ । समय र ग्राहकको चाहना अनुसार विभिन्न कलरहरुमा उपलब्ध जुत्ताहरुले आम उपभोत्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

स्पोर्टस्, फेन्सी तथा युवाहरुको चाहना अनुसार पार्टि, क्याजुयल र लोफर मोडलका जुत्ताहरु बजारमा उपलब्ध छन् । रन शुजका उत्पादनहरु उच्च गुणस्तरको, नचिप्लिने रवर तथा पियुको सोलहरुमा बजारमा उपलब्ध छन् । रन शुजले १००० भन्दा बढी मोडलका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन् साथैे यसले ७७ वटै जिल्लाका मुख्य शहर तथा बजारहरुमा बिक्री वितरण गर्दै आएको छ । निकट भविष्यमा यस कम्पनीका जुत्ता तथा चप्पलहरु बिदेशी बजारमा निर्यात गर्नको लागि गृहकार्य भैरहेको छ । यस कार्यले देशले व्यहोर्दै आएको व्यापार घाटालाई घटाउन टेवा पुग्ने विश्वास लिएको बताएको छ ।

प्रतिक्रिया