सांसद रौनियारद्वारा बहुअरी-परसौनी सडकको उदघाटन

पर्सा । पर्सा जगरनाथपूर गाउँपालिका वडा नम्बर ६ बहुअरी परसौनीमा नव निर्मित सडकको उद्घाटन गरिएको छ । पर्सा क्षेत्र नम्बर ३ का सांसद एवम जनता समाजवादी पार्टी नेपालका केन्द्रीय राजनीतिक समिति सदस्य हरिनारायण रौनियारले सडकको उद्घाटन गरे । सडक उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य मन्जुर अन्सारी, जनता समाजबादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य मोहनलाल चौधरी, जसपा यूवा नेता शिव कुमार साह, नेपाल शिक्षक महासंघ पर्साका सह(अध्यक्ष एवम शिक्षक नेता भरथ गिरी, शिक्षक मुकलेश गद्दी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया