एक युवकले गरे वीरगञ्जदेखि भारतको दिल्लीसम्म पैदलयात्रा सुरु

पर्सा । नेपाललाइ विश्वमा चिनाउन भन्दै वीरगञ्जका एक युवकले वीरगञ्जदेखि भारतको राजधानी दिल्लीसम्म पैदलयात्रा सुरु गरेका छन् । वीरगञ्ज महानगरपालिका– २ का शेख मुन्नाले यसअघि घोषणा गरेअनुरुप शनिबारदेखि वीरगञ्जबाट दिल्लीसम्मको १०६० किलोमिटरको पैदल यात्रा सुरु गरेका हुन् ।

उनी शनिबार बिहान वीरगञ्जबाट दिल्लीका लागि पैदल प्रस्थान गरेको लोसपाका वीरगञ्ज महानगरका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । शनिबार बिहान वीरगञ्जको घण्टाघर चोकमा मुन्नालाइ वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम र मितेरी पुलमा लोसपाका महानगर अध्यक्ष सर्राफले विदाइ गरे ।

नेपाल र भारतको झण्डासहित नेपाली राष्ट्रिय पोशाकमा दिल्ली प्रस्थान गरेका मुन्नालाइ बिदाइ गर्ने क्रममा सामाजिक अभियन्ता प्रकाश थारु लगायतको पनि उपस्थिती रहेको थियो ।

नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको रोटी– बेटि एवं जनजनको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यका साथ यो पैदल यात्रा थालेको मुन्नाको भनाइ छ ।

वीरगञ्जबाट शनिबारदेखि थालिएको पैदल यात्रा बिहारको रक्सौल, नरकटियागन्जञ्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद, बुलेन्दसहर हुँदै दिल्ली पुगेर सकिने उनले बताए ।

प्रतिक्रिया