निर्वाचनको लागि दल दर्ता गर्न आयोगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि दल दर्ताको आग्रह गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आग्रह गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता गर्न आग्रह गरेको हो ।

निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ ।

प्रतिक्रिया