बैतडीमा एक पुरुष मृत फेला

बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन् । शुक्रबार सुर्नया गाउँपालिका– ७ पत्थरकोटका ३७ वर्षीय रघुबिर कुवँर मृत फेला परेका हुन् ।

उनी सोही वडाको घङराड भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी लोकराज जोशीले जानकारी दिए । कुवँरको शव पोष्टमाटमको लागि स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।

बिहीबार घरबाट किनमेलका लागि नजिकैको चौथाली बजार जान्छु भनेर घरबाट हिँडेका उनको आज स्थानीयहरुले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाबारे थप अनुसन्धान इरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया