वल्र्डलिंकलाई आइसिटि अर्वाड

काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेशसनले ‘प्रदेशको इमर्जिङ सेक्टर’ का लागि आइसिटि अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रुपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आइसिटी) महत्वपूर्ण योगदान रहेको भन्दै मधेश प्रदेशले कम्पनीलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । मधेश प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको बताइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन ।

त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो । कम्पनीले हाल ६ लाख ४५ हजारभन्दा बढी घरधुरी तथा नौ हजारभन्दा बढी संघ संस्था, बैंक एवम् वित्तिय संस्था तथा सरकारी कार्यालयहरूलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटी लगायत १३ हजारभन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया