मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरले रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । त्यसै गरी पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए ।

उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ । उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो ।

अवलोकनको बारेमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा उत्साहित भएको बताएका छन । उपभोक्ताहरुको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै डिलरहरु भएको भन्दै उनले अवलोकन गर्न आएकोमा सबैलाई धन्यवाद दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया