जसपाका नेता साहद्वारा विद्यालयलाई आर्थिक सहयोग

पर्सा । जनता समाजबादी पार्टी नेपालका युवा नेता शिवकुमार साहले सखुवा प्रसौनी गाउँपालिका ५ महुवनमा रहेको
नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयलाई आर्थिक सहयोग गरेका छन् । साहले एक कार्यक्रमका बीच २५ हजार ५ सयको चेक प्रधानाध्यापक भरत गिरीलाई हस्तान्तरण गरेका हुन् । श्री देबिमाई आधारभूत बिधालय लखनपुरमा भएको कक्षा ११ भर्ना तथा अन्तरक्रिया कार्यक्रममा उनले सो चेक हस्तान्तरण गरे ।

कक्षा ११ र १२ सञ्चालन गर्न सो सहयोग गरिएको नेता साहले बताए । उनले आफू समाजिक सेवा एवं शिक्षा विकासका निमित विभिन्न कामहरु जस्तै कोरोना कालमा राहत वितरण, रक्तदान, बृक्षारोपण, कुलो सरसफाइ, विद्युतका पोल जडान, बाटो मर्मत लगायतको समाजिक सेवामा आर्थिक सहयोग गरेको र भबिस्यमा पनि गरिरहने प्रतिबद्ध जनाए ।

कक्षा ११ र १२ संचालन विद्यालयको स्रोत, पालिका एवं नजिकका वडाको सहयोगमा सञ्चालन भइ रहदा सखुवा प्रसौनी गाउँपालिका ६ लखनपुरका वडा अध्यक्ष मुन्ना राउत कमकरले वडाको बजेटबाट १ लाख ११ हजार सहयोग गर्ने प्रअ गिरीले बताए । सखुवा प्रसौनी गाउँपालिका वडा ६ लखनपुरका वडाध्यक्ष मुन्ना राउत कमकरको अध्यक्षता एवं जनता समाजवदी पार्टी नेपालका युवा नेता शिवकुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महुवन असपतालका इन्चार्ज सरोज गिरी, नेपाल रेडक्रस सोसाइटी उप(शाखा महुवनका सभापति जदु साह तेलि, प्रधानाध्यापक भरत गिरी, शिक्षक दिनेश साह, चन्दन साह तेली लगायत अभिभावक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षक सोनालाल यादव एवं स्वागत मन्तव्य रामबहादुर यादवले गरेका थिए ।

प्रतिक्रिया