सांसद रौनियारले गरे सडक उद्घाटन

पर्सा । पर्सा क्षेत्र नम्बर ३ संघीय सांसद हरिनारायण रौनियारले बहुदरमाई नगरपालिका– ७ फुलकौलमा नवनिर्मित सडको उद्घाटन गरेका छन् ।

नेपाल सरकार शहरी विकास मन्त्रालयद्वारा बहुदरमाई नगरपालिका– ७ फुलकौलमा नवनिर्मित सडकको सांसद रौनियारले उद्घाटन गरेका हुन् । सांसद रौनियारको विशेष पहलमा उक्त सडक निर्माण भई उद्घाटन भएर सञ्चालनमा आएको छ ।

त्यहाँ सडक निर्माण भएसँगै त्यस भेगका जनता खुशी भएका छन् । आफूहरुलाई हुँदै आएको सास्तीको अन्त्य भएको भन्दै सांसद रौनियारलाई धन्याबाद ज्ञापन गरेका छन् ।

सो उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जसपाका नेता गौरीशंका साह ,नेतृ सलमा खातुन, बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलका वडाध्यक्ष वीरेन्द्र यादव, जसपा नेताहरु महन्थ यादव, रमेश यादव लगायत स्थनीयबासीको उलेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया