१८ करोडको लागतमा निर्माण हुने सडक शिलान्यास

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका– १ बनकटवा, वडा नम्बर ५ सतवरिया र वडा नम्बर ६ श्रीसियामा निर्माण हुने सडकको क्षेत्र नम्बर ३ का संघीय सांसद हरिनारायण रौनियारले मङ्गलबार शिलान्यास गरेका छन् । सं

घीय सरकारका एक सांसद एक रणनीतिक कार्यक्रमअन्तर्गत सांसद रौनियारको विशेष पहलमा उक्त भेगका सडक १८ करोडको लागतमा निर्माण हुन लागेको छ । आज मङ्गलबार बिहान एक कार्यक्रमबीच शिलान्यास भएको सांसद रौनियारको सचिवालयले जनाएको छ ।

उक्त सडक निर्माणको लागि सांसद रौनियारले पटक–पटक भौतिक पूर्वाधार मन्त्राय र सम्बन्धित निकायसँग छलफल गरी निर्णायक तहसम्म पुर्याएका हुन् । सांसद रौनियाको पहल र नेपाल सरकारको निर्देशनमा सडक डिभिजन कार्यालय हेटौँडाले सो सडक निर्माणको लागि टेण्डर हालेको थियो ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद रौनियारले उक्त सडक निर्माणको काम अगाडि बढाएकोमा नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिज कार्यालय हेटौँडालाई धन्यवाद ज्ञापन गरे । उनले यो सडक निर्माण भएपछि यस भेगका जनतालाई सहज हुने बताए ।

सो अवसरमा शिलान्यास स्थलमा पूगेला त्यस क्षेत्रका जनताले सांसद रौनियारलाई विशेष धन्यवाद दिएका थिए । साथै, सांसद रौनियारले आगामी दिनमा समेत जनताको चाहनाअनुसार विकास निर्माणका कामलाई सरकारसँग पहल गरेर ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

ग्रिस नन्दनको अध्यक्षतामा भएको सडक शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टाी पर्साका अध्यक्ष रामनरेश यादव, मधेस प्रदेशकी प्रदेशसभा सदस्य करिमा बेगम, जसपा नेता गौरीशंका आह, लोसपाका नेता नेजामोदीन समानी, सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवाल, पोखरिया नगरपालिकाकी पूर्वउपमेयर सलमा खातुन लगायतको सहभागिता थियो ।

प्रतिक्रिया