पर्सा । सखुवा प्रसौनी गाउँपालिकाको वडा २ गुलवरिया देखि पटेर्वा सुगौली गाउँपालिका १ सोनवर्षासम्म निर्माणाधीन सडकको शिलान्यास गरिएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको निर्देशनमा पूर्वाधार विकास कार्यालय पर्साद्वारा निर्माण भईरहेको निर्माणाधीन सडकको आज बिहिबार शिलान्यास गरिएको हो ।
पर्साको सखुवा प्रासौनी गाउँपालिका वडा नम्बर २ गुलवरिया चौकदेखि पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षा सम्म निर्माणाधीन रहेको सडकको आज पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार र प्रदेश सभा सदस्य मन्जुर अन्सारीले संयुक्त रुपमा शिलान्यास गरे । ५ हजार ५ सय किमि लामो सडक निर्माणाधीन रहेकोले सो क्षेत्रका बासिन्दा सहित यात्रुलाई समेत सास्ती हुदै आएको गुनासो पनि आउने गरेको छ ।
उक्त निर्माणाधीन सडकको शिलान्यास भएसँगै त्यस भेगका जनताहरु खुसि व्यक्त गर्दै यो सडकको निर्माण कार्य छिटै सम्पन्न हुने बिश्वास व्यक्त गरेका छन् । शिलान्यास कार्यमा मधेस प्रदेश समिती सदस्य गौरीशंकर साह, सखुवाप्रसौनीका पूर्व अध्यक्ष प्रदिप जैसवाल, उपाध्यक्ष शर्मिला विष्ट, पूर्व वडा अध्यक्ष सलिम मिया लगायत स्थानीयको सहभागीता रहेको थियो ।
पर्सा
प्रतिक्रिया