ज्योतिप्रकाशको संगीतमा ‘लगनको सारी’ (भिडियो)

काठमाडौं । आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीजको छेको पारेर संगीतकार ज्योतिप्रकाशको संगीतमा सजिएर नयाँ तीज भाका ‘लगनको सारी’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतकार देवी पराजुलीले शब्द रचना गरेको उक्त गीतमा गायिका विन्दू परियारको एकल आवाजमा रहेको छ । गीतको शब्दमा समसामयिक विषयवस्तु उठान गरिएको छ ।

सुदीप सागरले संगीत संयोजन गरेको गीतको भिडियो ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको छ । गोविन्द अञ्जान र दिपेन्द्र प्रकाश केसीले निर्देशन गरेको उक्त भिडियोमा महेश महराको छायांकन रहेको छ भने दिपक विष्टको सम्पादन तथा दिपेश विष्टको कोरियोग्राफी रहेको छ ।

दिब्यानी ओलीले भिडियोमा नृत्य प्रस्तुत गरेकी छन् । मौलिक तीजको माहौललाई विशेष प्राथमिकता दिएर गीतमा मौलिक शब्द समावेश गरिएको संगीतकार ज्योतिप्रकाशले बताए ।

भक्तपुरको सूर्यविनायक नगरपालिका आसपास उक्त गीतको भिडियो छायांकन गरिएको उनले सुनाए । चित्रकारसमेत रहेका उनले यसभन्दा अगाडि पनि विभिन्न गीतमा संगीत भरेका छन् ।

https://youtube.com/watch?v=oMTjzc3dZ8A

प्रतिक्रिया