रौतहट । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहट जिल्लाको आयोजनामा जन नायक बीपी कोइरालाको ४०औँ स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम चन्द्रपुर नगरपालिका– ६ जिीी उद्यान पार्क डार्वरीमा सम्पन्न भएको छ ।
कार्यक्रममा २ सय विभिन्न जातका बिरुवा रोपिएको बीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहट जिल्ला अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए । उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रदेखि जिल्लाका नेता तथा कर्याकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सभाअध्यक्ष मञ्चका रौतहट जिल्ला अध्यक्ष अधिकार लामिछाने, प्रमुख अतिथिमा प्रदेश सांसद धनलाल थोकर, विशिष्ट अतिथिहरुमा मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजाल, वरिष्ठ नेता हृदयनारायण यादब, जिल्ला सचीव रामचन्द्र गिरी , क्षेत्रीय सभापति रामशेनाई राय यादव, नेविसंघ पूर्वमहामन्त्री उर्मिला थपलिया, मेयर शेख वकिल, अतिथिहरु चन्द्रपुर नगर सभापति मुकेश गिरी, तरुण दल जिल्ला अध्यक्ष नौसाद आलम, महासमिति सदस्य देवराज कार्की, नेविसंघ पूर्व केन्द्रीय सदस्यहरु भरत खड्का, नवराज देवकोटा, पुजन गन्धर्व, नेताहरु अनन्त कोइराला, अजयकुमर शाह, महिला संघ केन्द्रीय सदस्य लक्ष्मी बराल चन्द्रपुर ६ वडा सभापति नेत्र कुश्वार , सर्लाहीका नेता विश्वमित्र रिजाल, नेविसंघका नेताहरु पंकज सुवेदी, संन्जिब ढकाल, लक्ष्मी सिलवाल, प्रविन जंग कार्की, कमल तिमल्सिना, प्रविन घिमिरे, जन ज्योति क्याम्पस स्ववियु सभापति संगम श्रेष्ठको उपस्थिति रहेको थियो ।
राैतहट
प्रतिक्रिया