लक्ष्यभन्दा कम राजस्व संकलन

धनगढी । कैलाली भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यमा पुग्न सकेन । आव ०७८/७९ मा लक्ष्यभन्दा झण्डै १९ प्रतिशत कम अर्थात ८१ दशमलव ०४ प्रतिशत मात्रै राजस्व संकलन भएको हो । आव ०७८/७९ मा कार्यालयको ११ अर्व ८२ करोड ३९ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ९ अर्व ५८ करोड २६ लाख मात्रै राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तथा सुचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् ।

कार्यालय कुनै महिनामा पनि रावस्व संकलनको लक्ष्यमा पुग्न सकेको छैन् । श्रावण महिनामा ७० करोड ६० लाख ५० हजार लक्ष्य रहेकोमा ६२ करोड ८९ लाख ५७ हजार,भदौमा ९२ करोड ५३ लाख ४७ हजार लक्ष्य रहेकोमा ८१ करोड १४ लाख ३२ हजार,असोजमा ९४ करोड ७६ लाख ८७ हजार लक्ष्य रहेकोमा ७७ करोड ४६ लाख ११ हजार र कात्तिकमा १ अर्ब १ करोड ६ लाख लक्ष्य रहेकोमा ८२ करोड ७३ लाख मात्रै राजस्व असुली भएको भन्सार कार्यालयले जनाएको छ ।

त्यसैगरी मंसिरमा १ अर्व २ करोड ६९ लाख लक्ष्य रहेकोमा ८९ करोड ५१ लाख,पौषमा १ अर्ब ४ करोड ३४ लाख लक्ष्य रहेकोमा ८३ करोड ८६ लाख,माघमा ९४ करोड ८८ लाख ६० हजारको लक्ष्य रहेकोमा ६५ करोड ९६ लाख ५५ हजार र फागुनमा १ अर्ब ३ करोड ३१ लाख लक्ष्य रहेकोमा ८१ करोड ७० लाख राजस्व संकलन भएको जनाइएको छ ।

त्यसैगरी चैतमा १ अर्ब ६ करोड लक्ष्य रहेकोमा ९२ करोड ९ लाख,बैशाखमा १ अर्ब २ करोड ५ लाख लक्ष्यरहेकोमा ७९ करोड ३५ लाख,जेठमा १ अर्ब १ करोड ९८ लाख लक्ष्य रहेकोमा ८१ करोड ७१ लाख र असारमा १ अर्ब ७ करोड ६७ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ७९ करोड ८० लाख राजस्व असुली भएको कैलाली भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आवभन्दा राजस्व संकलनको लक्ष्य ४० प्रतिशतले बढी हुनु,केही महिना कोभिडका कारणले बजार अर्थतन्त्र चलायमान नहुनु,आयात घटाउने सरकारी नीतिका कारण राजस्व संकलनको लक्ष्यमा पुग्न कठीनाइ भएको सूचना अधिकारी केसीको भनाइ छ । कार्यालयले आव ०७७/७८ मा ८ अर्ब २१ करोड ७३ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी ८ अर्ब ८४ करोड १४ लाख अर्थात १०७ दशमलव ५९ प्रतिशत राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया