काठमाडौं । बलिउड अभिनेत्री जाह्नवी कपुरको फिल्म ‘गुड लक जेरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो । डिज्नीप्लस हटस्टारको निर्माण रहेको यो फिल्म अ कलर याल्लो प्रोडक्सन र लाइका प्रोडक्सनले महावीर जैन फिल्म्ससँगको सहकार्यात्मक ब्यानरमा बनेको हो । फिल्मलाई सिद्धार्थ सेनले निर्देशन गरेका छन् ।
हास्य व्यंग्यात्मक कथामा आधारित फिल्ममा कपुरसँगै दिपक डोब्रियल, मिता बसिष्ट, निरज सुद र सुशान्त सिंह मुख्य भूमिकामा छन् । यो फिल्म २०१८ मा आएको तमिल फिल्म कोलामाभु कोकिलाको रिमेक हो । फिल्म २९ जुलाईमा डिज्नीप्लस हटस्टारमा रिलिज हुनेछ ।
प्रतिक्रिया