अपराधीलाई नियन्त्रणमा लिन प्रहरी असफल

लहानमा लुटपाटका घटनामा वृद्धि

लहान । केही समयता लहानमा शान्ति सुरक्षा फितलो बनेको छ । चोरी लुटपाटको घटना व्यापक बढे पनि अपराधीलाई नियन्त्रणमा लिन नसकेको लहान प्रहरीको कमजोरी प्रदर्शनमा आएको छ । लहान–७ स्थित मेयर महेश चौधरीको घर अगाडि नागेन्द्र साहको घरमा करिब ढेड लाख बराबरको चोरी भएको छ । चोरी भएको तीन साता भए पनि लहान प्रहरी चोर पक्राउ गर्न असक्षम भएको छ । जहाँ चोरको हुलिया समेत पता लागिसकेको छ । चोरी गर्ने चोर सखुवानन्कारकट्टीका हुन् । मेयर चौधरीको छिमेकीमा चोरी भएपछि नागेन्द्र साहले मेयरलाई फोन गर्दासमेत नउठाउने उनले गुनासो गरेका छन् ।

लहानमा ग्याङ फाइट, लोकमार्गमा म्याजिक स्टेन राखेर असुली, गिट्टी बालुवा उत्खनन्, दलितलाई निर्णायक समितिमा नलाग्ने, महिला हिंसा, घरेलु मदिरा खुलमखुला बिक्री, किसानलाई मलको अभाव, म्याद गुज्रिएको मालसमान बिक्री, दैनिक उपभोग्य सामग्रीमा कालोबजारी, नीजि विद्यालयमा महँगो शुल्क, बजारमा पार्कको अभाव, सरसफाइको कमी, यौनधन्दा, लहान नगरपालिकाले चलाएको सीपमूलक सिलाइकटाइमा व्यापक भ्रष्टाचारी (नक्कली बिल भर्पाइ), शिक्षा, स्वास्थ्यमा व्यापक लापरबाहीले लहान आतंकित बनेको छ । यसमा पनि मेयर महेश चौधरी र उपमेयर रामचरितर महतोबीचको विवादले लहान नगरपालिका लथालिंग भएको छ । एक बैठकमा मेयर चौधरीको टेबल नै उपमेयर महतोले हलाएर विवादको कसिलो प्रदर्शन गरेको छ ।

मेयर चौधरीले गठबन्धन भंग भएको भन्दै भाषण गरेपछि लहान नगरपालिकामा विवाद सुरु भएको छ । गठबन्धन भंग भएलगतै नेकपा एमालेपक्षीय कार्यकर्ताले टोलटोलमा ताली बजाउँदै स्वागत गरेको छ । अर्कातिर लहान नगरपालिकाको कर्मचारी हटाउने भएपछि मेयर चौधरीमाथि श्रमजीवी ऐन अनुरूप मुद्दा हाल्ने तयारीमा रहेको छ । २ सय ४० दिन काम गरेपछि स्वतः स्थायी गर्नुपर्ने प्रावधान छ ।

यसैबीच लहान नगरपालिकाबाट सञ्चालित विकास निर्माणका योजनाहरू जस्तापाताजस्ता वितरणमुखी कार्यक्रमहरूको स्थानीय तहको ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड ‘ख’ को ५ बमोजिम अनुगमन गर्ने अधिकार उपप्रमुखको रहेको छ ।

सोहीअनुसार राहत पाउने गरिब जनता बिहान १० बजेदेखि नगरपालिकामा जस्तापाताको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस लिई आएका सेवाग्राहीलाई प्रमुखको तोक आदेश लगाउनसमेत प्रमुखको सुरक्षा गार्डले रोक लगाएको सेवाग्राहीले बताएका छन् ।

उक्त सेवाग्राहीको पीरमर्का बुझी उपप्रमुखले सेवाग्राहीलाई जस्तापाता वितरण गर्दा बुधबार प्रमुख महेशप्रसाद चौधरीको आदेशानुसार इलाका प्रहरी कार्यालय, लहानका डिएसपी कुमारप्रसाद मैनाली तथा नगर प्रहरीले अवरोध गरेका छन् ।

प्रतिक्रिया