करारका कर्मचारी हटाउने निर्णय बिरुद्ध ज्ञापनपत्र

पर्सा । छिपहरमाई गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरुले करार सेवाका कर्मचारी हटाउने निर्णय फिर्ता लिन माग गरेका छन् । गाउँ कार्यलिकाको बैठकबाट करार सेवाका कर्माचारी हरु म्याद थप नगर्ने निर्णय फिर्ता गर्न माग गर्दै गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता, उपाध्यक्ष लिलावती देबी र प्रमुख प्रसाशकीय अधिकृत शम्भुप्रसाद साहलाई ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरुले कर्मचारीहरुलाई कामकाजमा लगाउन माग राखेका छन् । गाउँपालिकाको गाउँकार्यपालिका समितिको २५ गते बसेको बैठकबाट करार सेवाका कर्मचारी हरुलाई म्यद थप नगर्न निर्णय गरिएको थियो ।

कृषि शाखा प्रमुख भुलनकुमार साहको नेतृत्वमा ज्ञापन पत्र बुझाउन पुगेको टोलीले असाढ मसान्तसम्म म्याद रहेकोले अब साउन १ गते देखि म्याद थप नहुने भए कृषि, पशु, शिक्षा सेवालगायत नै ठप्प रहने बताए । माग पूरा नभए छिपहरमाई गाउँपालिकामा कार्यरत करार सेवा कर्मचारीहरुले थप प्रकृया अगाडी बढाउने बताए ।

ज्ञापनपत्र बुझाउने टोलीमा अम्बुज अहम्द, मोहन साह, संजिव यादव, प्रकाश गुप्ता, मुकेश चौरसिया, गोपाल साह, सुनिल वर्मा, रामबहादुर साह, लगायत सयौंको संख्यामा करारमा काम गरिरहेका कर्मचारी ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

प्रतिक्रिया