पर्सा । पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत करारका कर्मचारी हटाइएको छ । गाउँपालिकाको गाउँकार्यपालिका समितिको २५ गते बसेको बैठकबाट करार कर्मचारी हरु लाई म्यद थप नगर्न निर्णय गरिएको हो । साउन १ गते देखि करार सेवाका कर्मचारी हरुको म्याद थप नहुने गाउँपालिका निमित प्रमुख प्रसाशकिय अधिकृत शम्भु प्रसाद साहले बताए ।
असाढ मसान्त सम्म म्याद रहेकोले अब साउन १ गते देखि म्याद थप नहुने उनले बताए । गाउँपालिका १३६ जना मध्य केही कर्मचारीहरु रहने र सय जना कर्मचारी हरुको म्याद थप साउन १ गते देखि नहुने उनले बताए ।
सुचना प्रकाशित गरि कुन कुन शाखाको करार सेवाका कर्मचारीहरु लाई हटाएको र कस कसलाई राखिएको मा सुचनामा उल्लेख गरिएको छ ।
पर्सा
प्रतिक्रिया