कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३ हजार ३६४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ७८९ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले ३ हजार २५८ मत पाएकी छन् । उनकी प्रतिस्पर्धी काङ्ग्रेसकी रिता शाहीले १ हजार ८६२ मत ल्याएकी छिन् ।
अहिलेसम्म ५ हजार ४२५ मत गणना भएको बताइएको छ ।अहिलेसम्म मत गणना सकिएका मध्ये पाँच वटा वडा एमालेले र एउटा वडा कांग्रेसले जितेको छ । बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो ।
प्रतिक्रिया