बझाङमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक पक्राउ

बझाङ । बझाङमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार जिल्लाको बुंगल नगरपालिका– ४ मा नुहाइरहेकी एक किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा सोही ठाउँका ४४ वर्षीय बिर्ख नेगिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बाटो नजिकैको धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको र पीडित किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि २३ गते बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश अवस्थीले बताए ।

अवस्थीका अनुसार पक्राउ परेका नेगिमाथि जिल्ला अदालत बझाङबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया