बाजुरा । बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा विजयी भएका छन् । कांग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् । विजयी रणबहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोगबहादुर थापाले ३ सय १८ मत ल्याएका हुन् ।
सो वडाबाट मेयरमा एमालेले ३ सय ५० मत र कांग्रेसले ३ सय ३८ मत पाएकाे छ । उपमेयरमा एमालेले ३ सय ५० कांग्रेसले उपमेयरमा ३ सय ३८ मत पाए । १३ सय २६ मतदाता रहेको वडामा ८ सय ३१ मत खसेका थिए । २०७४ को स्थानिय चुनावमा यो वडा नेपाली कांग्रेसले जितेको थियो ।
प्रतिक्रिया