बुढिगंगा नगरपालिका १० मा एमाले उम्मेदवार विजयी

बाजुरा । बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद विजयी भएका छन् । कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् । विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याएका छन्, भने मोहनबहादुर बुढाले ४ सय ९१ मत ल्याएका छन् ।

साेही वडाबाट एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ६ सय २ कांग्रेसका उम्मेदवार रङ्ग बहादुर खातीले ४ सय ३६ मत ल्याएका छन् । उपप्रमुख एमाले उम्मेदवारकाे ५ सय ७५ र नेपाली कांग्रेस उपमेयर ४ सय ७१ मत ल्याएका छन् । बुढिग‌गाकाे वडा नम्बर एकमा पनि एमाले विजयी भएकाे छ ।

प्रतिक्रिया