धोबिनी गाउँपालिकाकी उपमेयरले थालिन घर-घरमा ग्यास सिलिन्डर अभियान

पर्सा । पर्साको धोबिनी गाउँपालिका ३ हरिहरपुरमा आज ग्यास सिलिन्डर बितरण कार्य सुरु भएको छ । धोबिनी गाउँपालिकालाई धुवा मुक्त गर्ने उदेश्यका साथ एक कार्यक्रमका बीच धोबिनी गाउँपालिकाकी उपमेयरले ग्यास सिलिन्डर बितरण गरेर सो कार्यको थालनी गरेकी हुन् ।

गाउँपालिकाकी उपमेयर मन्जु देवीले घर-घरमा ग्यास सिलेन्डर पुर्याउने अभियान रहेको बताइन् । गाउँपालिका भरिका महिलाले दाउरा लिन घरबाट बाहिर भौतारिने र चुलो फुक्ने दिन गएको उनले बताइन् ।

उपमेयर मन्जु देवीले ग्यास सिलिन्डर बितरण कार्य वडा नं ३ हरिहरपुर बाट सुरु गरेकी छन् । स्थानीय निर्वाचनको समयमा गाउँपालिकालाई धुवा मुक्त बनाउन घर-घरमा ग्यास सिलिन्डर बितरण गर्ने प्रतिबद्धता गरेकी उनले सो अभियान थालेकी हुन् ।

गाउँपालिका ३ हरिहरपुरमा ५ सय घर परिवारलाई ग्यास सिलिन्डर बितरण गरिएको उनले बताइन् । बितरण कार्यक्रममा गाउँपालिका ३ हरिहरपुरका वडाध्यक्ष राजकिशोर पटेल, श्याम किशोर प्रसाद कुर्मी, प्रदीप पटेल, रामबाल राउत, नागिमा देवी, इबराहिम मिया, रिना देवी, पवन पटेल लगायत जनप्रतिनिधि र स्थानीय नेता, कर्मचारी हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया