बुढिगंगामा एक हजार मतगणना : एमाले अगाडि

बाजुरा । बुढीगंगा नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म १० सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ । अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ ।

१००० मतको गणना सकिएकोमा एमालेले मेयरमा ५२० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ । कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ । यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ५१२ मत पाएको छ ।

यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।

प्रतिक्रिया