पर्सा । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले वीरगञ्जबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मउ कमलसागर गोपालपुर बस्ने वर्ष ३० का रविकान्त भारती र भारत बिहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा– १० का २८ वर्षीय सुनिल भारती रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ९० किलो लागुऔषध गाँजासहित दुवै जनालाई पक्राउ गरेको हो ।
लागुऔषध गाँजाको ओसारपसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका– २८ बगही गेट नजिकबाट यूपी ७० बिके ९९५५ नम्बरको इन्डिगो कारसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
पक्राउ परेको लागुऔषध गाँजा कारको डिक्की र सिटमुनी लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो ।
लागुऔषधसहित पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए ।
पर्सा
प्रतिक्रिया