माओवादीकाे बैठक : मनोनितको जिम्मा प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भरखरै सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरू भएको सो बैठक पनि केवल औपचारिकताका लागि मात्र बस्न लागेको गुनासो एक नेताले गरे ।

बैठकमा पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठनको कार्यसूचीसमेत राखिएको भएपनि आजको बैठकले त्यसाको टुंगो लगाउने संभावना नरहेको बताइएको छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकबाट यी सबै आधिकार आफूमा प्रत्यायोजन गरेको निर्णय गराउने सम्भावना बलियो रहेको बताइएको छ ।

गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनमा प्रचण्ड अध्यक्ष निर्वाचित भएका थिए भने हलबाट केन्द्रीय कमिटीको घोषणा गरिएको थियो ।

तर, पार्टीको उच्च नेतृत्वका रूपमा रहेका स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको अहिलेसम्म गठन हुन सकेको छैन । आजबाट सुरू केन्द्रीय समिति बैठकको कार्यसूचीमा भए पनि पदाधिकारी छनोट हुने निश्चित नरहेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया