आईजीपी नियुक्तिविरुद्ध रिटको आज होला त निर्णय ?

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा (आज) आइतबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

यसअघि सर्वाेच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखिएको सो मुद्दा कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा आइतबार चौथो पटक सुनुवाइ हुन लागेको हो ।

यस अघि आईजीपी विवादबारे संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा सुनुवाई भइसकेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
आइतबार भने यस विषयमा निर्णय आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया