‘लाखे’ को फस्र्टलुक

काठमाडौं । सम्राट बस्नेत निर्देशित चलचित्र ‘लाखे’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी ३१ भदौदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चार जना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा प्रस्तुत गरिएको छ । पोस्टरले ‘लाखे’ सस्पेन्स–थ्रिलरले भरिएको इंगित गर्दछ ।

चलचित्रमा अभिनेता सौगात मल्ल, अर्पण थापा,आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको मुख्य भूमिका छ । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन सुसन प्रजापतिको रहेको छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा, संवाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्यको संगीत रहेको छ । निर्देशक बस्नेतका अनुसार चलचित्र ‘लाखे’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ । आरआर चलचित्रस्ले वितरण गर्ने चलचित्रको केही दिनपछि टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया