‘गोप्य’ राख्ने भन्दै विमलाले दिइन् मन्त्री पदबाट राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य मन्त्री विमला ओलीले बुधबार राजीनामा दिएकी छन् । सरकारले गठन गरेको छानविन समितिले उनलाई दोषी देखाउने प्रतिवेदन दिन लागेपछि उनले राजीनामा दिएको बताइएको छ । सो समितिले बिहीबार मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष प्रतिवेदन बुझाउने छ ।

जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि त्यसबारे छानविन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

मुख्यमन्त्री केसीले उनले दिएको राजीनामा पढेर प्रदेश सभाको बैठकमा सुनाएपछि मात्र यस विषयमा औपचारिक जानकारी दिने शर्तमा उनले राजीनामा दिएकी थिइन् ।

अनौपचारिक रुपमा राजीनामाको पुष्टि भए पनि मुख्यमन्त्री कार्यालयले बुधबार दिउँसोसम्म यस विषयमा अनविज्ञता प्रकट गरेको छ ।

श्रीमान उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि वैशाख १९ मा पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

प्रतिक्रिया