फाउण्डेसनको सहयोग

रामेछाप । क्रोधकला शिरोमणि फाउण्डेसनले सुनापती गाउँपालिकाका पाँचवटा विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । सुनापतिमा रहेका डहुँ माध्यमिक विद्यालय, बाल आधारभूत विद्यालय, भल्वाडी, खाँडादेवी आधारभूत विद्यालय, कालिकादेवी आधारभूत विद्यालय र चन्द्रसूर्य आधारभूत विद्यालयमा शैक्षिक सामग्री तथा झोला वितरण गरेको हो । फाउण्डेसनका अध्यक्ष राकेश अवालेले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि झोला तथा शैक्षिक सामग्री प्रदान गरिएको जनाए ।

उनले अन्तर्राष्टिय ख्यातिप्राप्त क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको जीवनमा १० रुपैयाँ शुल्क बुझाउन नसक्दा अनौपचारिक शिक्षाबाट बञ्चित हुनुपरेको सुनाउँदै गरिबीका कारण कसैले पनि पढ्न नपाउने अवस्था नआओस् भनेर नै सहयोग गरिएको बताए । उनले भने, ‘कालु कुमालेले आफ्नो आमाको औषधोपचार गर्न नसकेकोले मातृवियोग खेप्नुप¥यो । मूर्तिकार बनी सक्दा पनि कला क्षेत्रबाट आम्दानी अपुग भएका कारण केही समय पलायन भइ खेती किसानी र ज्यालामा काम गर्न बाध्य हुनुभएको थियो । पछि उहाँले कलाक्षेत्रमा पुनरागमनपछि आफूले आर्जेको कमाइमध्ये केही प्रतिशत रकम भए पनि शिक्षा, स्वास्थ्य, कला र वातावरण क्षेत्रमा सहयोग गर्दै आउनुभएको थियो ।’

फाउण्डेसनका अध्यक्ष अवालेले हाल फाउण्डेसनका नामबाट संस्थागत गरी निमुखा गरिब जेहेन्दार पहुँच नभएका वर्गलाई लक्षित गरी सकेसम्म सहयोग प्रदान गर्दै कुमालेको सपना साकार बनाउने लक्ष्य लिएको बताए । सो सन्दर्भ पारेर क्रोधकला शिरोमणि कालु कुमालेका बारेमा लेखिएको पुस्तकसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया