वामदेवको नेतृत्वमा नयाँ पार्टी

काठमाडौं । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो ।

साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियान अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने जानकारी केन्द्रीय सदस्य निमकान्त पाण्डेले दिए । उनका अनुसार पार्टी बहुपदीय प्रणाली रहनेछ ।

केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशसको ईञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने छन् ।

कार्यक्रममा अध्यक्ष गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताए । गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए ।

आफुले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए ।

कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुतम ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए ।

यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए । यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए ।

प्रतिक्रिया