बझाङमा बलात्कारको आरोपमा शिक्षक पक्राउ

बझाङ । बझाङमा युवती बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङकोे केदारस्यु गाउापालिकामा रहेको सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बभाङका सुचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गुर्धामीले १८ वर्षीया युवतीलाई असार ८ गते राति सुतिरहेकी अवस्थामा बलात्कार गरेको र सो कुरा घरमा भनेपछि १० गते जाहेरी परेको बताए । घटनापछि फरार रहेका गुर्धामीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएकोे बताए ।

प्रतिक्रिया