इ सेवाको विशेष अफर

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

अफर अन्तरगत मंगलबार अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसका दिनमा दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबिमाको बिमा शुल्क भुक्तानी गर्दा २ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने इसेवाले जनाएको छ । यसैगरी जीवन बिमा कम्पनीमा गइ सोही दिन क्यूआरमार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

इसेवामार्फत भुक्तानी गर्दा कम्पनीले हाल संचालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिने इसेवाले जनाएको छ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले उनीहरुका लागि लखपति योजना संचालन गरिरहेको छ । ५ भदौ सम्म संचालन हुने यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमाशुल्क भुक्तानी गर्ने व्यक्तिहरु मध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया