प्रभु इन्स्योरेन्सको विशेष साधारण सभा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा असार २८ मा हुने भएको छ । कम्पनीको असार १२ मा बसेको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो । सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्तावमा लैजाने पनि कम्पनीले जनाएको छ ।

चलअचल सम्पति तथा दायित्व मूल्यांकन गर्नका लागि मूल्यांकनकर्ता नियुक्त तथा उसको पारिश्रमिक निर्धारण गर्ने लगायत मर्जर तथा प्राप्ति सम्बन्धी अन्य आश्यक सम्पूर्ण प्रकिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा लगिने भएको छ ।

प्रतिक्रिया