बारागढी गाउँपालिकाले ल्यायाे ४० करोड १७ लाखको बजेट

बारा । बाराको बारागढी गाउँपालिका खोपवा बाराले आज आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा गाउँपालिकाको दोस्रो गाउँ सभाको पहिलो अधिवेशन सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा भएको सो गाउँ सभामा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले व्यक्त गरेका थिए ।

सो गाउँ सभामा आर्थिक वर्ष २०७९/०८०को लागि गाउँपालिकाकी उपाध्यक्ष एवम् योजना तर्जुमाकी संयोजक लक्ष्मी देवी रायको अनुमतीमा वडा नं.३को वडा सदस्य सुरेश रामले आर्थिक वर्ष २०७९/०८० को बजेट गाउँ सभा समक्ष प्रस्तुत गर्नु भएको थियो । कुल ४० करोड १७ लाख ६० हजार ५ सय पचाँस रूपैयाँको बजेट गाउँ सभा समक्ष सार्वजनिक गरिएको हो ।

चालु तथा प्रशासनिक खर्च तर्फ ८ करोड ६० लाख ७९ हजार ५ सय साठी रहेको छ I भने पुजीगत तर्फ कार्यालय सञ्चालन तथा विकास निर्माण समेत गरि जम्मा १४ करोड ६२ लाख र संघीय सरकारबाट जुन कार्यक्रममा नेपाल सरकारले बजेट विनियोजन गरेको छ,सोही क्षेत्र गर्नु पर्ने भएकोले सशर्त अनुदान तर्फ १४ करोड ५१ लाख,समपूरक अनुदान ४० लाख तथा विशेष अनुदान गरि ३४ करोड ६२ लाख ६७ हजार साथै प्रदेशको समपूरक सशर्त र विशेष अनुदान गरि २ करोड ३६ लाख ८१ हजार जम्मा खर्च समेत ४० करोड १७ लाख ६० हजार ५ सय पचाँस रूपैयाँ रहेको छ ।

नेपाल सरकारद्धारा अन्तर सरकारी वित्तीय हस्तानान्तरण अन्तर्गत विभिन्न बिषयगत शाखा कृषि,पशु,शिक्षा र स्वास्थ्य माथिबाट तय भई आएमा सशर्त अनुदान १४ करोड ५१ लाख जस्ताको त्यस्तै सम्बन्धित क्षेत्रमै खर्च गर्नु पर्ने भएकोले सो तर्फ कुनै आयोजना कार्यक्रम आयोजना बनाई राख्नु परेन । साथै नेपाल सरकार तथा प्रदेश सरकारद्धारा प्राप्त भएको विशेष समपूरक र सशर्त अनुदानहरूमध्ये योजना छनोट भई आएमा सोही आयोजना खर्च गरिने गाउँपालिकाद्धारा जारी गरिएको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया