काठमाडौं । सरकारबाट फिर्ता नहुने अडानमा रहेका नेकपा एकीकृतका मन्त्रीहरु शुक्रबार पार्टी कार्यलयमा लुसुक्क प्रस्दै हाजिर गर्दै बाहिरिएका देखिन्थे.।
उनीहरुले बैठकमा गंभीर भाग लिएको देखिदैन्थ्यो । सो पार्टीको पोलिटब्युरो बैठक चलिरहँदा सबैभन्दा ढिलो प्रवेश गरेकी थिईन् शहरी विकासमन्त्री रामकुमारी झाँक्री । दिँउसो १२ बजे सुरु भएको बैठकमा भाग लिन उनी झण्डै साढे २ बजे आलोकनगरमा रहेको पार्टी कार्यलयमा पुगेकी थिइन् ।
झाँक्रीलाई देख्न साथ संचारकर्मीको टोलीले उनको प्रतिक्रियाका लागि अनुरोध गर्यो । तर, उनले आफुले अहिले केही नबोल्ने भन्दै पार्टी कार्यालयभित्र छिरिन् ।
रातो मंगल टीका लगाएर पार्टी कार्यलय पुगेको उनको अनुहारमा भने कुनै चमक थिएन । उनी पार्टी कार्यालयको भर्याङ चढेर बैठक कक्षा बाहिर केही बेर ठिङ्ग उभिइन् । बाहिर हेरिन् सायद उनले त्यसमा आफ्नो मन्त्री पदको आयुबारे सोचिरहेकी थिइन् ।
प्रतिक्रिया