काठमाडौ । एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी ईएनएमवि भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकले १० प्रतिशत वा ५ सय रुपैया सम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ ।
यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुने छ । बैंकले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो । यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा बैकका ग्राहकलाई लक्षित गरी ल्याइएको हो । बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।
दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी प्राप्त गरीसकेको छ ।
प्रतिक्रिया