सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ

लहान । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ ।

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कुमार मैनालीले महतोलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया