ज्योति विकास बैंकको सचिवमा बलदेव थापा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कम्पनी सचिवमा बलदेव थापा नियुक्त भएका छन् । कम्पनीको असार ६ गते केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बसेको संचालक समितिको बैठकले कम्पनीले सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार यसअघि कम्पनी सचिवको जिम्मेवारी पारस राज कंडेललाई दिइएकोमा हेरफेर गरी बैंकका वरिष्ठ प्रबन्धक थापालाई आजकै मितिदेखि लागू हुनेगरी कम्पनी सचिवको जिम्मेवारी तोकिएको हो ।

प्रतिक्रिया