काठमाडौंमा हैजाका बिरामी भेटिएको पुष्टि

काठमाडौं । काठमाडौंमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हो । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन् ।

उनीहरुको टेकुमै उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ ।

प्रतिक्रिया