‘पीडा’ मा पोखियो श्रीदेव र जेविकाको पीडा

काठमाडौं । ‘पिडा’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका वर्षा दासको एकल आवाज रहेको छ भने सञ्चारकर्मी तथा संगीतकार सरोज कोईरालाले संगीत भरेका छन् ।

सिताराम कोइरालाले शब्द रहेको गीत ‘पीडा’ मा राजेन्द्र बजगाइँको संगीत संयोजन छ । त्यस्तै उक्त गीतको भिडियोमा अभिनेता श्रीदेव भट्टराई अभिनेत्री जेविका कार्कीले पीडादायी दृश्यमा अभिनय गरेका छन् ।

गीतको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् ।

श्रीमान–श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडामा श्रीमानको मृत्युको पीडा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथा गीतको शब्द र भिडियोमा समावेश गरिएको अभिनेता भट्टराईले बताए । उक्त भिडियोको छायांकन सन्तोष तिमिल्सिनाले गरेका हुन् भने सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन् ।

प्रतिक्रिया