काठमाडौ । नबिल बैंकले क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्दन’ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाको प्रवर्दन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ ।
एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रति कारोबार २ सय रुपैयामा नगद फिर्ता दिइनेछ । यो योजना आषाढ महिनाभरि लागु हुनेछ । वित्तीय पहूँच नपुगेका महिला र युवा उद्दमीमा लक्षित यस योजना मार्फत बैंकले त्यस्ता उद्यमीलाई बैकिङ च्यानलमा भित्रयाउने, पुराना निष्कृय मर्चेन्टलाई सकृय बनाउने र उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १५० शाखा, १८७ एटिएम र १ हजार ५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया